Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सूर्योदय वोमी लघुवित्त नोक्सानीबाट नाफामा, पहिलो त्रैमासमै ६ करोड २४ लाख रुपैयाँ कमाइ

सूर्योदय वोमी लघुवित्त नोक्सानीबाट नाफामा, पहिलो त्रैमासमै ६ करोड २४ लाख रुपैयाँ कमाइ

  •  

    काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड  ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, गत वर्षको सोही अवधिमा नोक्सानीमा रहेको संस्था यस वर्ष नाफामा पुगेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले ६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको हो, जबकि गत वर्षको सोही अवधिमा ४ करोड ७१ लाख रुपैयाँ नोक्सानी भएको थियो।

    संस्थाको खुद ब्याज आम्दानी १३८.३७ प्रतिशत र कुल सञ्चालन आम्दानी १०७.४४ प्रतिशत ले वृद्धि पाएको छ, जसको प्रभावले लघुवित्त नाफामा पुगेको हो। गत वर्षको पहिलो त्रैमासमा ४ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन मुनाफा यस वर्ष ८ करोड ९२ लाख रुपैयाँ धनात्मक भएको छ।

    नाफा बढेसँगै संस्थाको प्रतिशेयर आम्दानी ९ पनि उल्लेखनीय रूपमा सुधार भएको छ। असोज मसान्तसम्ममा भ्एक् २२ रुपैयाँ ५८ पैसा, मूल्य–आम्दानी अनुपात  २८.९६ गुणा, र प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ९२ पैसा रहेको छ। सो अवधिसम्ममा संस्थासँग ४ करोड ८४ लाख रुपैयाँ वितरणयोग्य नाफा र १७ रुपैयाँ ५० पैसा वितरणयोग्य प्रतिशेयर आम्दानी रहेको छ।

    हाल सूर्योदय वोमी लघुवित्तको चुक्ता पूँजी १ अर्ब १० करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ५६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा संस्थाले १० अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij