काठमाडौँ । बिहीबार सुनको मूल्य फेरि तोलाको अढाई लाख पार भएको छ । आज एक तोला सुनको मूल्य रु दुई लाख ५० हजार २०० कायम भएको हो । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु १७० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार ३४५ मा कारोबार भइरहेको छ । बुधबार एक तोला सुन रु दुई लाख ४४ हजार ३०० र चाँदी रु तीन हजार १७५ मा खरिदबिक्री भएको थियो । –––
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij