काठमाडौँ । देशभर आज कुनै पनि महत्वपूर्ण मौसम प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य सबै क्षेत्रमा मौसम मुख्यतया सफा छ।
महाशाखाका अनुसार दिउँसो र राति दुवै समयमा पनि यी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मौसम सफैँ रहने अनुमान गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij