Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

बिहार चुनावमा प्रधानमन्त्री मोदीको एनडीए गठबन्धनको ऐतिहासिक विजय, २४३ मा २०२ सिटमा एनडीएको जित

बिहार चुनावमा प्रधानमन्त्री मोदीको एनडीए गठबन्धनको ऐतिहासिक विजय, २४३ मा २०२ सिटमा एनडीएको जित

  • नयाँदिल्ली  । नेपालको सीमासँग जोडिएको भारतको बिहार प्रान्तमा संघीय सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री नरेन्द्र मोदी र बिहार सरकारको नेतृत्व गर्ने नीतिश कुमारसहितको राजनीतिक दलीय गठबन्धन एनडीएले सन् २०२५ को बिहार विधान सभा चुनावमा ऐतिहासिक विजय प्राप्त गरेको छ। राज्यको कुल २४३ सीटमध्ये एनडीएले २०२ सिट जितेको छ। यो २४३ सदस्यीय प्रतिनिधिसभामा एनडिए गठबन्धनको लागि तीन चौथाइ बहुमत हो । विधानसभा चुनावमा एनडीएले २०० को आँकडा पार गरेको यो दोस्रो पटक हो । सन् २०१० को निर्वाचनमा उसले २०६ सिट जितेको थियो ।
    एनडीएमा भारतीय जनता पार्टी (भाजपा) ले ८९, जनता दल (युनाइटेड) ले ८५, लोक जनशक्ति पार्टी (रामविलास) ले १९, हिन्दुस्तानी आवाम मोर्चा (सेक्युलर) ले पाँच र राष्ट्रिय लोक मोर्चाले चार सिट जितेका छन् ।
    बिहार विधानसभा चुनाव नोभेम्बर ६ र ११ मा क्रमशः दुई चरणमा सम्पन्न भएको निर्वाचनमा  बिहारमा ऐतिहासिक ६७.१३ प्रतिशत मतदान भएको थियो । यो सन् १९५१ पछि सबैभन्दा मतदानमा सहभागिता प्रतिशत हो । 

    यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारमा एनडीएको भारी विजयले अर्को वर्ष हुने विधानसभा चुनावमा भाजपाको लागि मार्ग प्रशस्त गरेको बताएका छन् । उनले  भाजपाले पश्चिम बङ्गालमा रहेको ‘अव्यवस्था’ अन्त्य गर्ने बताए । 
    पार्टी मुख्यालयमा आयोजित विजय समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले बिहार चुनावको परिणामपछि कांग्रेस र आरजेडीप्रति धेरै कटाक्ष गरेका थिए ।
    प्रधानमन्त्रीले भाजपाले कहिल्यै आफ्नो सरकार गठन नगरेको केही राज्य र केन्द्र शासित प्रदेशहरूको उल्लेख गर्दै बिहारमा भएको भारी विजयले केरला, पुडुचेरी र पश्चिम बङ्गालमा पार्टी कार्यकर्ताहरूलाई नयाँ ऊर्जा प्रदान गरेको बताए ।
    यसैगरी कांग्रेससहितको महागठबन्धनले३३ सिट र अन्यले ८ सिट जितेको छ ।

    काङ्ग्रेसले ६१ सिटमा चुनाव लडेपनि दोहोरो अङ्कमा मतपरिणाम ल्याउन सकेन । सन् २०२० को बिहार चुनावमा काङ्ग्रेस पार्टीले लडेको ७० सिटमध्ये १९ सिट जितेको थियो।


    बिहारमा काङ्ग्रेसको समस्या सन् २०२५ को चुनावमा पनि कायम रह्यो, पार्टीले लडेका ६० सिटमध्ये छ सिटमा मात्र जित हासिल गरेको छ। यो १० प्रतिशतभन्दा कमको अप्रभावी रूपान्तरण दर हो । महागठबन्धनमा उनीहरूको सहयोगी राष्ट्रिय जनता दल (आरजेडी) ले मात्र २५ सिट जितेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij