Logo

Nov 21 2025 | २०८२, मंसिर ५गते

Nov 21 2025 | २०८२, मंसिर ५गते

images

द्वन्द्व पीडित समुदायद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको माग गर्दै धर्ना

द्वन्द्व पीडित समुदायद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको माग गर्दै धर्ना

  • काठमाडौँ । द्वन्द्व पीडित समुदायले  पदाधिकारीहरूको राजीनामा मागसहित  धर्ना दिएका छन् । उनीहरूले सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा शुक्रबार  धर्ना दिएका हुन् ।

    समुदायले विस्तृत शान्ति सम्झौता भएको २० औँ  वर्षगाँठको सन्दर्भमा द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडित समुदायले धर्ना दिएका हुन् । उनीहरुले विधि र प्रक्रिया मिचेर तेस्रो पटक पनि दलीय भागबण्डा र नेताको खल्तीबाट गठित र राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरुपण तथा मेलमिला आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग तत्काल खारेज गर्न माग गरेका छन् ।

    आम द्वन्द्व पीडित समुदायले आफ्नो पीडा, आँशु र अन्यायको सम्बोधन गर्ने कुनै विश्वास र भरोसा नभएका आयोगको निरन्तरता पीडितको आशाप्रतिको कुठाराघात र समयको बर्बादी भएको जिकिर गरेका छन् । पीडित समुदायले बहिष्कार गरेका आयोग पदाधिकारीलाई  पदलोलुपता छोडेर तत्काल राजीनामा गर्न माग गर्दै  आयोगका पदाधिकारी छनौटका लागि विश्वसनीय र पारदर्शी प्रक्रिया आरम्भ गर्न मार्ग प्रशस्त गर्न माग पनि आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij