काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन सचिवालयको पहिलो बैठक आगामी बुधबार बिहान ८ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा महाधिवेशन तयारीका लागि गठन गरिएको १३ उपसमितिका संयोजकहरू सहित सचिवालयका सदस्यहरूले सहभागिता जनाउनेछन्।
पार्टी सचिवालयको गत शुक्रबार सम्पन्न बैठकले महाधिवेशन तयारीलाई प्रभावकारी बनाउन महासचिव शंकर पोखरेलको संयोजकत्वमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराई रहेको महाधिवेशन सचिवालय व्यवस्थापन कमिटी गठन गरेको थियो।
महासचिव पोखरेलका अनुसार महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्राविधिक तयारीको प्रारम्भिक चरण बुधबारको बैठकमार्फत सुरु गरिने छ। बैठकमा सबै समितिको जिम्मेवारीबारे जानकारी दिइने र आ–आफ्ना कार्यतालिका बुझाउन केही समय दिने तयारी गरिएको छ।
बैठकमा सचिवालयका तीन सदस्यसहित १३ उपसमितिका संयोजकहरूको उपस्थिति रहनेछ। ती संयोजकहरू यसप्रकार छन्:
प्रतिनिधि व्यवस्थापन समिति: काशीनाथ अधिकारी
जनपरिचालन: प्रदीप ज्ञवाली
आवास व्यवस्थापन: छविलाल विश्वकर्मा
खाद्य व्यवस्थापन: लेखराज भट्ट
यातायात व्यवस्थापन: गोकर्ण विष्ट
अतिथि सत्कार: रघुवीर महासेठ
स्वयंसेवक परिचालन: भानुभक्त ढकाल
प्रचार: पद्मा अर्याल
मञ्च व्यवस्थापन: विनोद श्रेष्ठ
स्वास्थ्य: कृष्णगोपाल श्रेष्ठ
आर्थिक : विष्णु रिमाल
एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा उपसमितिहरू सक्रिय बन्दै गएपछि तयारी प्रक्रिया थप गतिमान हुने अपेक्षा गरिएको छ
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij