Logo

Nov 25 2025 | २०८२, मंसिर ९गते

Nov 25 2025 | २०८२, मंसिर ९गते

images

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने

  •  

    काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (साधारण शेयर( निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीले यसका लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धकको रूपमा चयन गरेको छ। सम्झौतामा नेक्सजेन तर्फबाट प्रबन्ध संचालक रमेश कुमार भट्टराई तथा सनराइज क्यापिटल तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ताका साधारण शेयर जारी गर्दै १५ करोड रुपैयाँ बराबरको पूँजी जुटाउने योजना बनाएको छ। हाल नेक्सजेनको अधिकृत पूँजी १०० करोड र जारी पूँजी ५० करोड रहेको छ। कम्पनीले स्थापनाको तेस्रो वर्षदेखि लगातार ६ वर्षसम्म खुद मुनाफा आर्जन गरिरहेको छ। गत वर्ष कम्पनीले नगद लाभांश वितरण गरेको थियो भने यस वर्ष आफ्नो खुद मुनाफा जगेडा कोषमा सारेर नेटवर्थ शेयरको अंकित मूल्यभन्दा बढी रहेको जनाएको छ। कम्पनीको अध्यक्षमा पूर्व बैंकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij