काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले नयाँ आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न गरेको छ। कम्पनीले २।९ मेगावाट क्षमताको माथिल्लो सार्दीखोला जलविद्युत आयोजना विकास गर्न एनएमबि बैंक लिमिटेडसँग वित्तीय समझदारी गरेको हो।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–स्थित ४ मेगावाट क्षमताको सार्दीखोला जलविद्युत आयोजना कम्पनीले २०७४ साल मंसिरदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ। विगत तीन वर्षदेखि हाइड्रोपावरले सेयरधनीहरूलाई निरन्तर नगद लाभांश र बोनस सेयर वितरण गर्दै आएको छ।
कम्पनीले नयाँ आयोजनाको निर्माण कार्य अघि बढाउन आवश्यक स्वपूँजी जुटाउन हकप्रद सेयर निष्कासन गर्ने निर्णय पनि गरिसकेको छ। यसका लागि विद्युत् नियमन आयोगबाट १:०.६६४ अनुपातमा हकप्रद सेयर निष्कासनको पूर्व–स्वीकृति प्राप्त भइसकेको छ। हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध कार्यका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग द्विपक्षीय सम्झौता भइसकेको छ। कम्पनीले सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा आधिकारिक रूपमा आवेदन पनि दर्ता गरिसकेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij