काठमाडौँ। एक दर्जन बढी निर्माण कम्पनीलाई कालोसूचीमा राख्न अन्तिम प्रक्रिया बढाइएको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सो प्रक्रिया अगाडि बढाएको हो ।
काम सन्तोषजनक नगर्ने कम्पनीहरुलाई कालोसूचीमा राख्न सात दिने स्पष्टीकरण बुझाउन अल्टिमेटम दिन अघि तीस दिने म्याद दिइएको थियो । ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएको अवधिभित्र स्पष्टीकरण नबुझाएकाले यो सात दिने स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।
स्पष्टीकरण सोधिएका कम्पनीहरुमा विक्रम घले मुख्य व्यक्ति भएको लवकुश कन्स्ट्रक्सन प्रालि नुवाकोट, नारिन घले मुख्य व्यक्ति भएको मनकामना कन्स्ट्रक्सन प्रालि नुवाकोट, मुकुन्द अधिकारी मुख्य व्यक्ति भएको दीपश्री इन्जिनियरिङ प्रालि काठमाडौं, विजय गुरुङ मुख्य व्यक्ति भएको न्यू कामनारयुनिभर्सल जेभी नुवाकोट र सुमन न्यौपाने मुख्य व्यक्ति भएको चन्द्रसूर्य निर्माण सेवा प्रालि काठमाडौं छन् ।
सोहीगरी फिरोज मोहम्मद मनिहार मुख्य व्यक्ति भएको आर्कटिक कन्स्ट्रक्सन कपिलवस्तु, प्रेमबहादुर सापकोटा मुख्य व्यक्ति भएको पम्फा निर्माण सेवा बारा, तिलक बहादुर थापामगर मुख्य व्यक्ति भएको एमरएस च्याङ्ग्रासी निर्माण सेवा काठमाडौं, फुलचन श्रेष्ठ मुख्य व्यक्ति भएको एमरएस पूजा कन्स्ट्रक्सन धादिङ, ध्रुवप्रसाद सापकोटा मुख्य व्यक्ति भएको एमरएस डीपी कँडेल निर्माण सेवा काठमाडौंलाई पनि स्पष्टीकरण सोधिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij