Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

सीआईबीको निष्कर्ष : सहकारीमा स्रोत नखुलाई ठूलो रकम जम्मा, धितो मूल्यांकन शंकास्पद


नया सडक

२०८०, भदौ १७ आइतबार (From Archieve)

  • 36.0k
    Shares

  • सीआईबीको निष्कर्ष : सहकारीमा स्रोत नखुलाई ठूलो रकम जम्मा, धितो मूल्यांकन शंकास्पद

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारी संस्थाको धितो मूल्यांकन प्रक्रिया संकास्पद भएको निष्कर्ष निकालेको छ । नेपाल राष्ट्र बैंकको कानुन महाशाखाले आयोजना गरेको कार्यक्रममा बैंकिङ कसुर अनुसन्धानसम्बन्धी प्रस्तुति दिएका सीआईबीका अधिकारीले सहकारी संस्थाहरूले कर्जा प्रवाह गर्दा मिलेमतोमा एक दिनमै धितोको मूल्यांकन गर्ने गरिएको बताएका हुन् ।

    कर्जा प्रवाह गर्नुअघि पूरा गर्नुपर्ने सबै प्रक्रिया छोटो बाटोबाट पूरा गर्दै सहकारीहरूले कर्जा प्रवाह गरिरहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । विधि र प्रक्रिया मिच्दै फास्ट ट्याकबाट स्वीकृत भएका कर्जाहरु शंकास्पद भएको सीआईबीकारीहरूको ठहर छ ।

    सहकारी संस्थाले स्रोत नखुलेको रकमसमेत जम्मा गर्ने गरेको सीआईबीले जनाएको छ । विभिन्न स्रोतबाट एवं निक्षेपकर्ताबाट सहकारी संस्थाहरुमा जम्मा हुने रकमको स्रोत खुलेको देखिँदैन । स्रोत नखुलाई जम्मा भएको रकम आतंकवादी क्रियाकलापमा समेत लगानी हुनसक्ने जोखिम छ,’ सीआईबीको प्रस्तुतिमा भनिएको छ, ‘

    प्रतिक्रिया दिनुहोस