Logo

Dec 27 2024 | २०८१, पुस १२गते

Dec 27 2024 | २०८१, पुस १२गते

images

अबदेखि कक्षा ९ मा मात्र रजिस्ट्रेशन फारम भर्ने , अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामको शुल्क तिर्न नपर्ने

अबदेखि कक्षा ९ मा मात्र रजिस्ट्रेशन फारम भर्ने , अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामको शुल्क तिर्न नपर्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने र आगामी वर्षदेखि शुल्क नउठाउने निर्णय गरेको छ ।

रजिस्ट्रेशन फारमको प्रक्रिया अगाडि बढेकाकारणले यो वर्ष शुल्क उठाइने भएको छ।

यसअघि कक्षा ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने र शुल्क पनि उठाउने गरिएको थियो । चालु आवको विनियोजन विधेयकमा विद्यार्थीबाट लिइने शुल्क र त्यसबाट सङ्कलन हुने राजस्वसम्बन्धी विषय समावेश भएका कारण तत्काललाई शुल्क नलिई परीक्षा फाराम र रजिस्ट्रेसन फाराम भराउने मन्त्रालयको योजना पूरा हुन नसकेको हो । शिक्षामन्त्री विद्या भट्टराईले यो वर्ष नै निःशुल्क गर्न भनेकी थिइन् । तर प्रक्रिया अगाडि बढेकाले निःशुल्क गर्न नसकिएको बोर्डको भनाइ छ ।

कक्षा ९ मा करिब ५ लाख विद्यार्थीले रजिस्ट्रेशन फारम भर्ने छन् । रजिस्ट्रेशनबाट ९ कक्षामा वर्षेनी ५० करोड राजश्व संकलन हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 All right reserved to Nayasadak.com | Site By : Sobij