Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

नासा सेक्युरिटिजले २५६ प्रतिशत लाभांश वितरण घोषणा


नया सडक

२०८०, असोज ८ सोमबार (From Archieve)

  • 20.0k
    Shares

  • नासा सेक्युरिटिजले २५६ प्रतिशत लाभांश वितरण घोषणा

    काठमाडौं। नासा सेक्युरिटिज कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट २५६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले २५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    कम्पनीले हाल कायम चुक्ता पूँजी ११ लाख ५० हजार रुपैयाँको २४३.२० प्रतिशत बोनस सेयर र १२.८० प्रतिशत नगद गरी कूल २५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    कम्पनीले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा समेत आह्वान गरेको छ। कम्पनीको १६ औं वार्षिक साधारण सभा असोज ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय लालदरबार मार्ग काठमाडमौंमा बिहान ९ बजे सुरु हुनेछ।

    कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ। यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ।कम्पनीको सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ। साथै, नयाँ सञ्चालक समिति गठन गर्नेछ।

    प्रतिक्रिया दिनुहोस