Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

बुक बिल्डिङ मार्फत सर्वोत्तम सिमेन्टले मंसिर ६ देखि आईपीओ बिक्री गर्ने


नया सडक

२०८०, मंसिर १ शुक्रबार (From Archieve)

  • 390
    Shares

  • बुक बिल्डिङ मार्फत सर्वोत्तम सिमेन्टले मंसिर ६ देखि आईपीओ बिक्री गर्ने


    काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ मार्फत आईपीओ मंसिर ६ गतेदेखि बिक्री खुला गर्न लागेको छ ।
    यो आईपीओलाई नेपालमा बुक बिल्डिङ्ग विधिबाट पहिलो. पटक सम्पन्न हुने आईपीओको रूपमा लिइनेछ ।


     कम्पनीले पहिलो चरणमा मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन गर्नेछ ।

    कम्पनील सेयर संख्याको ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर बिक्री खुला गर्नेछ ।

    योग्य संस्थागत लगानीकर्ताहरुका लागि नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रिया मार्फत सेयर बिक्री गर्न लागेको हो । कम्पनीले सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ राखेकोमा हाल त्यसलाई घटाएर ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरेको छ ।

    योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनुपर्नेछ ।

    संस्थागत लगानीकर्ताहरुबाट कायम कटअफ मूल्यपछि सर्वसाधारणमा निष्कासन हुने मूल्य निर्धारण गरिनेछ ।

    बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलिपल्ट अर्थात मंसिर ११ गते योग्य संस्थागत लगानीकर्ताहरुबाट प्राप्त आवेदनका आधारमा निष्कान गरिएको धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ तय  गरिने कम्पनीले जनाएको छ ।


    यस विधिबाट कायम भएको कटअफ वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँड गरिनेछ । मूल्य कट अफ मूल्यभन्दा कबोल गरिएको मूल्य कम हुने संस्थागत लगानीकर्ताले भने सेयर प्राप्त गर्न पाउने छैनन् ।

    कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधि मार्फत निष्काशन गर्न अनुमति पाएको थियो ।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस्तै सह–निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    सेयर निष्काशनका लागि कम्पनीले गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछन् ।

    सर्वोत्तम सिमेन्ट लिमिटेडले नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नम्बर ११, जोडेनीमा प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन उत्पादन गर्ने सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ । कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij