Logo

Oct 24 2024 | २०८१, कात्तिक ८गते

images

टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा


नया सडक

२०८०, मंसिर ४ सोमबार (From Archieve)

  • 453
    Shares

  • टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा

     

    काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ ।

     

    न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो । न्यायाधीश चूँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुदा सुनुवाइ हुन नसकेको भएको हो ।

     

    उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे । 

    प्रतिक्रिया दिनुहोस