Logo

Oct 24 2024 | २०८१, कात्तिक ८गते

images

तीन महीनामा झन्डै ४ खर्बको आयात हुँदा ३८ अर्बको मात्रै निर्यात


नया सडक

२०८१, कात्तिक ७ बुधबार

  • 126
    Shares

  • तीन महीनामा झन्डै ४ खर्बको आयात हुँदा ३८ अर्बको मात्रै निर्यात
    फाइल फोटो

    काठमाडौं । पछिल्लो ३ महीनामा नेपालको वैदेशिक व्यापारमा आयात तथा निर्यात घटेको छ । बुधवार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महीनामा नेपालले ३ खर्ब ९० अर्ब २३ करोड २१ हजार नेपाली रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । सोही अवधिमा जम्मा ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार नेपाली रुपैयाँ बराबरको मात्रै वस्तु तथा सेवा निर्यात गरेको छ ।
    सोही अवधिको तुलनामा आयाततर्फ ४.१७ प्रतिशतले र निर्याततर्फ ६.११ प्रतिशतले कमी हो । यो अवधिमा मूल्यको आधारमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ भने निर्याततर्फ सबैभन्दा बढी नेपाली गलैंचा रहेको छ । 

    सो अवधिमा ५२ अर्ब ८४ करोड ९७ लाख ३४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । निर्याततर्फ सबैभन्दा बढी नेपाली गलैंचाजन्य सामानहरू १ अर्ब ८३ करोड ६२ लाख ७३ हजार नेपाली रूपैयाँ बराबरको निर्यात भएको छ । 

    प्रतिक्रिया दिनुहोस