काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पुस १७ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको बिहीबार ९मंसिर १४ गते० बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।सभामा कम्पनीले ४।२१०५५ नगद लाभांश(कर सहित)दिने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।