काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओ मंगलबार (मंसिर १९ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईएमबिएस क्यापिटलका अनुसार मंगलबार आइपीओ बाँडफाँट गरिने तय भएको हो । यता, मुक्तिनाथ कृषिको आइपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्नेछ ।
यसमा मागभन्दा १२.४८ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख २२ हजार ९५४ जनाले कुल १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख १४ हजार ८०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ८ हजार १५४ जनाको भने हात खाली हुनेछ ।