काठमाडौं ।हिमालयन रिइन्सुरेन्सको वैदेशिक रोजगारीमा गएकालाई खुला भएको आइपीओमा आवेदन दिने आज सोमबार मंसिर १८ गते अन्तिम दिन हो । आइतबार साँझ ५ः०८ बजेसम्ममा २८ हजार ४७९ जनाले ३४ लाख ८२ हजार ९०० कित्ताका लागि आवेदन दिइसकेका छन् ।
प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ ल्याएको हो । हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।