Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

पूर्ण क्षमतामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राखी प्रदर्शनको तयारी


नया सडक

२०८०, मंसिर १८ सोमबार (From Archieve)

  • 303
    Shares

  • पूर्ण क्षमतामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राखी प्रदर्शनको तयारी

    काठमाडौ । पूर्ण क्षमतामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राखी आउँदो शुक्रबा प्रदर्शनको तयारी भएको छ ।

    शुक्रबार मंसिर २२ गते भैरहवामा विरोध र्याली प्रदर्शनको तयारी गरिएको आयोजकहरूले जनाएका छन् ।

    उद्घाटन भएको डेढ वर्ष भन्दा धेरै समय बितिसके पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा यससँग जोडिएका क्षेत्रमा भएको अर्बौँको  लगानी जोखिममा परेको सरोकारवालाहरूले बताएका हुन् ।

    विभिन्न नीजि व्यवसायिक संघ, संस्था र जनस्तरबाट सरकारको उदासिनता प्रति विरोध जनाउन यो प्रदर्शनको तयारी भएको हो ।

    यो विरोध ¥यालीको अगुवाइ नीजि क्षेत्रका विभिन्न संघसंस्था आबद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले गरेको छ ।

    आन्दोलनका बारेमा जानकारी दिन सोमबार भैरहवामा सञ्जालद्वारा पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

    सञ्जालका  अध्यक्ष अनिलकुमार ज्ञवालीले आन्दोलनको सुरुवात विरोध ¥यालीबाट हुने जनाए ।

    उनीहरूका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तराष्ट्रिय उडान गर्न मागसहितका ज्ञापन पत्र धेरै पटक प्रधानमन्त्री, पर्यटन मन्त्री, गृहमन्त्री, मुख्यमन्त्री लगायतका उच्च पदस्थ अधिकारीहरूलाई बुझाइसकिएको छ ।
    यसमा सुनुवाई नभएपछि दबाब दिन आन्दोलनको बाटो अपनाइएको उनीहरूको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस