Logo

May 18 2025 | २०८२, जेठ ४गते

May 18 2025 | २०८२, जेठ ४गते

images

एओजी एक्स कल्टद्वारा तेस्रो ओभर नाइट राइड आयोजित सीएसआर पहलका साथै रोमाञ्चक अनुभव सहित सम्पन्न

एओजी एक्स कल्टद्वारा तेस्रो ओभर नाइट राइड आयोजित सीएसआर पहलका साथै रोमाञ्चक अनुभव सहित सम्पन्न

  • काठमाडौं  ।  एओजी एक्स कल्टद्वारा आयोजित तेस्रो ओभर नाइट राइड सफलतापूर्वक सम्पन्न भएको छ । यात्राको आयोजना २०८१ पौष ५ र ६ गते (२० र २१ डिसेम्बर २०२४) गरिएको थियो । राइड अन्तर्गत सहभागीहरुले काठमाडौंदेखि भोटेकोशी गाउँपालिका, पाङलाङ, सिन्धुपाल्चोकको द लास्ट रिसोर्ट सम्म २५० किलोमिटरको राउण्ड ट्रिप यात्रा गरेका थिए । यो कार्यक्रममा उत्साही बाइकर्स तथा रोमाञ्चक यात्रा मनपराउनेहरुको उल्लेखनिय सहभागिता रहेको जानकारी दिइएको छ । कार्यक्रम मार्फत आयोजकले सहभागीहरुलाई रोमाञ्चक यात्राको अनुभवका साथै, सामाजिक उत्तरदायित्वको संयोजन गर्ने साझा उद्देश्य बोकेका थिए ।

    aog3.jpg

    “राइड फर चेन्ज” पहलअन्तर्गत, समूहले भिमसेन माध्यमिक विद्यालयको भ्रमण गरेका थिए । भिमसेन मा. वि. एक दुर्गम विद्यालय हो ।  यहाँ १ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् ।  ती मध्ये आर्थिक रूपमा कमजोर परिवारका ३२ जना विद्यार्थीहरू छात्रावासमा बास गर्छन् । यात्रामा सहभागीहरूले विद्यार्थीहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने आवश्यक सामग्रीहरु वितरण गरेको आयोजकले बताएको छ । यो उदार कार्यले एओजी एक्स कल्टको नेपाली समुदायमा सकारात्मक परिवर्तन ल्याउने अटल प्रतिबद्धतालाई उजागर गरेको छ ।

    aog2.jpg

    यात्राको एक प्रमुख रोमाञ्चक आकर्षण, द लास्ट रिसोर्टमा समेटिएको आयोजकले जानकारी दिएको छ । त्यहाँ सहभागीहरूले बञ्जी जम्पिङ गर्ने रोमाञ्चक अवसर पाएका थिए । बञ्जी अनुभव संगाल्ने अधिकांशले पहिलोपटक यो रोमाञ्चक अनुभवमा लिएका थिए । रोमाञ्चक साहसिक गतिविधि र सीएसआर  योगदानहरूको मिश्रणले यो यात्रा अविस्मरणीय र प्रभावकारी बनाएको कम्पनीले बतायो ।

    aog1.jpg

    एओजी एक्स कल्टले उद्देश्यपूर्ण यात्राको नयाँ परिभाषा स्थापित गर्न सघाएको आयोजकको भनाइ छ । यसले बाइकर्सलाई नेपालको प्राकृतिक सौन्दर्य अन्वेषण गर्न प्रेरित गर्नुका साथै आवश्यकतामा रहेका नेपाली जनतालाई सहयोग गर्ने उद्देश्य राखेको छ । यस्ता  पहलहरूको माध्यमबाट, समूहले जोश, उत्साह र सामाजिक उत्तरदायित्वबाट प्रेरित एकजुट समुदाय निर्माण गर्ने लक्ष्य बताए । 

    aog4.jpg

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij