Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

लक्ष्मी सन्‌राइज बैंकद्वारा डिजिटल बैंकिङ सेवा अरेन्जएनएक्सटीको  सुरुवात


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 786
    Shares

  • लक्ष्मी  सन्‌राइज बैंकद्वारा डिजिटल बैंकिङ सेवा   अरेन्जएनएक्सटीको   सुरुवात

    काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले नेपाली डिजिटल बैँकिङ्गको रूपान्तरण गर्दै लक्ष्मी सन्‌राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा अरेन्जएनएक्सटीको  थालनी गरेको छ ।

    एफ वन सफ्ट अन्तर्गतको फोनएनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ ।

    अरेन्जएनएक्सटीले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, गोल बेस्ड डिपोजिटजस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्नेछ ।

    ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ्ग सेवा दिने लक्ष्मी सन्‌राइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ । लक्ष्मी सन्‌राइज बैंकका प्रमुख कार्यकारी अधिकृत, अजय विक्रम शाहका अनुसार नेपालको डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा अरेन्जएनएक्सटीको  कोशेढुङा साबित हुन सक्छ ।

    परम्परागत मोबाईल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, अरेन्जएनएक्सटीको  मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिनेछ । फोनएनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले अरेन्जएनएक्सटीको  विकास गरिएको हो ।

    परिकल्पनात्मक सोचबाट प्रेरित यस अरेन्जएनएक्सटीले बैंकिङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने वहाँको विश्वास रहेको छ । यस अभुतपूर्व यात्रामा आफ्नो विशिष्ट FinTech दक्षताको माध्यमबाट अरेन्जएनएक्सटीको  सेवालाई थप उचाई दिने फोनएनएक्सटीको रणनैतिक सहभागिताको लक्ष्मी सन्‌राइज सह्रहना गर्दछ ।

    प्रतिक्रिया दिनुहोस