Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images
निगरानी

करोड भन्दा बढी राजस्व छली बिल बिजक भन्दा बढी लत्ताकपडा तथा हार्डवेयर लगायतका सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा 


नया सडक

२०८०, माघ १२ शुक्रबार

  • 7.0k
    Shares

  • करोड भन्दा बढी  राजस्व छली बिल बिजक भन्दा बढी लत्ताकपडा तथा हार्डवेयर लगायतका सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा 

    काठमाडौ । एक करोड भन्दा बढी मूल्यांकन गरिएको बिल बिजक भन्दा बढी लत्ताकपडा तथा हार्डवेयरलगायतका मालवस्तु लोड गरिएको ट्रक नियन्त्रणमा लिइएको छ ।पर्सा प्रहरीको एक टोलीले वीरगञ्ज महानगरपालिका वडा न. १४ गण्डकचोकमा माघ १० गते राति साढे १० बजेतिर सो ट्रक नियन्त्रणमा लिएको हो ।राजस्व छली गरी लान खोजिएको बेला प्रहरीले त्यसलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाएको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा भनेको छ “ मिति २०८०।१०।१० गते अं.राती २२ः३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.६ ख ८३०५ नम्बरको मालवाहक ट्रकमा राजस्व छली चोरी गरी बिल बिजक भन्दा बढी मालवस्तुहरू लोड गरी वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको छ” 

    प्रहरीले सोको जानकारी आएको जनाउँदै भनेको छ “ भन्ने समेत व्यहोराको सूचना प्राप्त भई यस कार्यालयबाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई लोड रहेको मालवस्तुहरु अनलाइन भीसीटीएस बिलमा उल्लेखित भन्दा बढी लोड रहेको आशंका  रहेको तथा सो बिल बिजक शंकास्पद देखिएको हुँदा ना.६ ख ८३०५ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेको कपडा तथा खुद्रा समानहरू (उल्लेखित बिल अनुसार) अ.मु.रू.१,१३,१८,८९०।– ( एक करोड तेह्र लाख अठार हजार आठ सय नब्बे )  बराबरको ट्रकभित्र लोड रहेको मालवस्तुहरू आवश्यक कारवाहीको लागि मिति २०८०।१०।११ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।”

    प्रतिक्रिया दिनुहोस