Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही


नया सडक

२०८०, माघ १२ शुक्रबार

  • 912
    Shares

  • राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही

    काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक र ६ वित्तीय संस्थाहरू परेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बढी लिएको प्रिमियम ब्याज फिर्ता नगरेको, पुँजीकोष गणनाको विवरण गलत बुझाएको लगायतका शीर्षकमा ती बैंक तथा वित्तीय संस्थाहरूलाई  राष्ट्र बैंकले  कारबाही गरेको हो ।
    केन्द्रीय बैंकले दोस्रो त्रैमासिकमा  ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई कारबाही ग¥यो नगद जरीवाना देखि सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराउने सम्मको कारबाही गरियो ।मुक्तिनाथ विकास बैंकलाई १० लाख नगद जरिवाना गरिएको छ ।

    राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकलाई वित्तीय कारोबार गर्दा वास्तविक धनी पहिचान नगरेको पाएइपछि नगद जरिवाना गरेको छ ।सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार बैंक तथा वित्तीय संस्थाले कारोबार गर्दा वास्तविक धनी पहिचान गर्नु पर्ने हुन्छ । त्यसका लागि केन्द्रीय बैंकले निर्देशन जारी गरेर धनी पहिचान गर्ने संयन्त्रको स्थापना गर्नुपर्ने व्यवस्था गरेको छ । तर, मुक्तिनाथले सो अनुसार नगरेको राष्ट्र बैंकले जनाउँदै  १० लाख जरिवाना गरेको जनाएको छ ।

    सञ्चालक तथा प्रमुखलाई सचेत गराइएकाहरूमा ग्लोबल आइएमई, हिमालयन बैंक र प्रभू बैंक रहेका छन् ।हिमालयन बैंक र प्रभु बैंकलाई पुँजी कोष अनुपात गणना गर्दा फरक गरेको भन्दै सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाइ सचेत गराएको छ ।यस्तै ग्लोबल आइएमई बैंकको सन्दर्भमा बढी लिएको प्रिमियम ब्याज ग्राहकलाई फिर्ता नगरेपछि केन्द्रीय बैंकले सञ्चालक र प्रमूख कार्यरकारी अधिकृतलाई सचेत गरायो ।  साथै ग्लोबल बैंकलाई कर्जा नोक्सानी व्यवस्था अनुसार प्रयाप्त रकम नछुट्याएकोमा समेत कारबाही गरिएको जनाइएको छ ।

    सुशासन र सञ्चालक आचरण कमजोर भएकोमा गरिमा विकास बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाइ पनि सचेत गराइएको छ ।यस्तै रिलायन्स फाइनान्सका सञ्चालकलाई पनि सोही अनुसार सचेत गराइयो ।

    प्रतिक्रिया दिनुहोस