Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

स्वदेशी कच्चा पदार्थको उद्योगमा उपयोग हुने प्राथमिकता सरकारले तय गरेको मन्त्रीको भनाइ


नया सडक

२०८०, माघ १२ शुक्रबार

  • 774
    Shares

  • स्वदेशी कच्चा पदार्थको उद्योगमा उपयोग हुने  प्राथमिकता सरकारले तय गरेको मन्त्रीको भनाइ

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यापार घाटा कम गर्न स्वदेशी कच्चा पदार्थको उद्योगलाई प्राथमिकता दिइएको बताएका छन् । 

    पश्चिम नवलपरासीको बर्दघाटमा नमुना औद्योगिक ग्रामको शिलान्यास कार्यक्रममा मन्त्री रिजालले यस्तो बताएका हुन् । औद्योगिक ग्रामको शिलान्यास गर्दै मन्त्री रिजालले  आर्थिक विकास र रोजगारी सिजर्नाको लागि औद्योगिकरण अत्यावश्यक छ र नेपालमै उपलब्ध हुने कच्चा पदार्थबाट उत्पादन हुने उद्योगलाई सरकारले पहिलो प्राथमिकता दिने बताए । उनले  व्यापार घाटा कम गर्न बहुराष्ट्रिय कम्पनीलाई नेपालमा लगानीको वातावरण बनाउने र स्वदेशी उद्योगको प्रवर्द्धनमा यस्ता उद्योग ग्रामले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे  ।

     औद्योगिक ग्रामको शिलान्यास कार्यक्रममा पश्चिम नवलपरमसी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कुल २१ करोड रुपैयाँ लगानीमा औद्योगिक ग्राम निर्माण हुने र यसले छरिएर रहेका साना उद्योग तथा स्थानीय कच्चा पदार्थको प्रयोगबाट संचालन हुने उद्योगलाई सहज हुने बताए ।

    आफूले निर्वाचनको समयमा गरेको बाचाअनुसार औद्योगिक ग्रामको स्थापनाको लागि पहल गरेको भन्दै उनले यसको दीर्घकालीन संचालनका लागि योजना बनाउने विश्वास दिलाए ।  आर्थिक क्षेत्र प्राधिकरण, नेपाल (सेज)ले बर्दघाटसहित देशभरका २० स्थानमा नमुना औद्योगिक ग्राम स्थापना गर्दै छ । 

    प्रतिक्रिया दिनुहोस