Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

राहदानी कार्यालयका घुस लिने तत्कालीन कम्प्युटर इन्जिनियर र दिने विरुद्ध मुद्दा दायर

राहदानी कार्यालयका घुस लिने तत्कालीन कम्प्युटर इन्जिनियर र दिने विरुद्ध मुद्दा दायर

  • काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी कार्यालयका तत्कालीन कम्प्युटर इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी कार्यालयका तत्कालीन इन्जिनियर प्रदीप भट्टराईले नियमित तरिकाले प्राप्त हुने राहदानीका लागि समेत ३४ हजार घुस लिएको देखिएका भनी उनीविरूद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको हो  । भट्टराई  राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर हुन्। 


    आयोगले राहदानी बनाउन घुस दिने सुमी धामी भनिने सुमित्रा सापकोटाविरूद्ध पनि मुद्दा दायर ग¥यो । सापकोटाले भट्टराईलाई घुस लिन कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको आयोगले जनाउँदै उनीहरूविरूद्ध ३४ हजार विगो र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij