Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

उद्योगी, व्यवसायी र बैंक सबैको मनोबल उच्च बनाउने खालको नीति निर्देशन राष्ट्र बैंकले बनाउँदै आएको भनाइ


नया सडक

२०८०, माघ १७ बुधबार

  • 798
    Shares

  • उद्योगी, व्यवसायी र बैंक सबैको मनोबल उच्च  बनाउने खालको नीति निर्देशन राष्ट्र बैंकले बनाउँदै  आएको  भनाइ

    काठमाडौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशका उद्योगी, व्यवसायी र बैंक सबैको मनोबल उच्च बनाउने खालको नीति निर्देशन बनाउँदै  आएको बताएका छन । यस्तो नीति भएमात्र  देशको आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताउँदै  उनले नेपाल राष्ट्र बैंकले नीति निर्देशन तर्जुमा गर्दा पनि सोही अनुसार गर्दै आएको बताएका हुन् ।

    नेपाल बैंकर्स संघ र युएसएड ट्रेड एण्ड कम्पीटेटीभनेसको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनले अहिले पनि बैंकहरुले कुनै न कुनै रुपमा हेजिङ्गको सुविधा उपभोग गर्दै आएको बताए ।हेजिङ्गको सुविधाको लागि संस्थागत संयन्त्रको कार्यान्वयन विषयको छलफलमा उनले बैंकले आफ्नो क्षमता तथा प्राविधिक दक्षताको आधारमा त्यसको उपयोग गर्न सक्ने बताए । कार्यक्रममा बैंकरहरुले चालु आवको मौद्रिक नीतिको दोस्रो त्रैमास समीक्षाका लागि सुझाव समेत दिएका थिए ।

    कार्यक्रममा बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको आर्थिक विकासको लक्ष्य, अन्तराष्ट्रिय जगतमा गरिएको प्रतिबद्धता परिपूर्तिको लागि ठुलो लगानी खाँचो पर्ने बताए । त्यसैगरी कार्यक्रममा बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिमा भएका केही नीतिगत व्यवस्थाहरु र हेजिङ्ग जस्तो महत्वपूर्ण बिषयमा सम्बन्धित सबै सरोकारवालाहरु एकै ठाउँमा छलफल गर्ने वातावरण बनेको बताए ।

    प्रतिक्रिया दिनुहोस