Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

तल्लो सोलुको पर्यटन प्रर्वद्धन गर्न ‘ट्रेल म्याराथन’


नया सडक

२०८०, माघ १८ बिहीबार

  • 678
    Shares

  • तल्लो सोलुको पर्यटन प्रर्वद्धन गर्न ‘ट्रेल म्याराथन’

     

    images

    सल्लेरी । तल्लो सोलुखुम्बुको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आगामी अक्टोबरमा ट्रेल म्याराथन आयोजना गरिने भएको छ । 

     

    आज यहाँ पत्रकार सम्मेलन गरेर सर्वाधिक राशिकोे ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’  रु तीन लाख राशिको उक्त प्रतियोगिताको घोषणा गरिएको हो । सोलुखुम्बुको तल्लो क्षेत्रमा खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय ट्रेल म्याराथनको आयोजना गरिएको प्रतियोगिताका संयोजक भुवनसिंह राईले बताउनुभयो । 

     

    त्रिचालिस किलोमिटर म्याराथनमा १६ वर्ष माथिका स्वदेशी तथा विदेशी महिला÷पुरुषले भाग लिनसक्ने छन् । म्याराथनका शीर्ष तीन विजेतालाई क्रमशः रू तीन लाख, रू दुई लाख र रू एक लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना पाँच÷पाँच जना धावकलाई रू पाँच÷पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । महिला र पुरुषतर्फको प्रतिस्पर्धा विजेतालाई समान पुरस्कारको व्यवस्था मिलाइएको छ ।रासस

    प्रतिक्रिया दिनुहोस