काठमाडौ । अन्नपूर्ण केबलकार लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन ११ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।