Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा  व्यवसायी  अरुण चौधरी पक्राउ


नया सडक

२०८०, माघ १८ बिहीबार

  • 1.4k
    Shares

  • बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा   व्यवसायी  अरुण चौधरी पक्राउ

    काठमाडौं । बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा आज  व्यवसायी   अरुण चौधरीलाई सीआइबीले पक्राउ गरेको छ ।सीआइबी स्रोतले  जनाएअनुसार  उनलाई बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा आज पक्राउ गरिएको हो ।

    छाला उद्योगको१० रोपनी जग्गा हडपेर जाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा पक्राउ गरिएको सीआइबी स्रोतले जनायो ।चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको छ ।

     
    २०४२ देखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा, छालाजुत्ता कारखानाको पञ्चायतकालको सञ्चालक समिति निर्णयको आधारमा चौधरी र अजितनारायण सिंह थापालगायतको मिलेमतोमा जग्गा हडपेको आरोपमा पक्राउ गरिएको गृहमन्त्रालय स्रोतको भनाइ छ ।गृहमन्त्रीको सुशासनको अभियान अन्तर्गत राज्यको सम्पत्ति जोगाउन यो कदम चालिएको स्रोतले जनायो ।

    वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने शर्तमा  तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि त्यो जग्गालाई आफ्नो निजी सम्पत्ति बनाएको बताइन्छ ।

     

    प्रतिक्रिया दिनुहोस