काठमाडौं । आज नेप्से ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा आएको छ । आज ४ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । फाइनान्सबाहेक अरु सबै समूहका सूचक घटेका छन् । यस दिन ३०९ कम्पनीको १ करोड १५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
५४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर परेका छन् ।