Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गरौं : चेम्बर अध्यक्ष मल्ल


नया सडक

२०८०, माघ १८ बिहीबार

  • 579
    Shares

  • निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गरौं : चेम्बर अध्यक्ष मल्ल

    काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । निर्यात प्रर्वद्धन गरेर व्यापारघाटा कम गर्ने भनिएपनि व्यवहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताउनुभयो । निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले जडीबुटीजन्य बस्तुहरुको प्रर्वद्धन, उपभोग एवं निर्यात सहजिकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा जोड दिनुभएको हो ।
    अध्यक्ष मल्लले भन्नुभयो, ‘चालु आर्थिक वर्षको ६ महिनामा व्यापारघाटा ६ खर्व ९३ अर्व रुपैयाँ पुगिसकेको छ, व्यापारघाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको छ ।’
    नेपालको वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ भन्दा बढी भएपनि अपेक्षित लाभ लिन नसकिएको अध्यक्ष मल्लले बताउनुभयो । जडिबुटीजन्य बस्तुहरुको उपभोग र निर्यात सम्वन्धी विशेष नीति बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । यस्तै निर्यात प्रर्वद्धनका लागि अनलाईन गेटवे प्रणालीको विकास गरिनुपर्नेमा मल्लले जोड दिनुभयो । उहाँले भन्नुभयो,‘ मुलुकभित्रका कच्चा पदार्थको अधिकतम प्रयोग हुने वातावरण सिर्जना गरिनुपर्दछ, । मुलुकभित्रका प्राकृतिक श्रोत एवं साधानहरु सम्वन्धमा उपयुक्त ऐन नियम बनाएर उपभोग एवं निर्यातको वातावरण बनाउन आवश्यक छ, ।’ 
    सातै प्रदेशमा एक्सपोर्ट हाउस निर्माण गरिनुपर्नेमा समेत अध्यक्ष मल्लले जोड दिनुभयो । 
    निर्यात क्षेत्रको उद्योग, व्यवसायमा युवाहरुलाई समावेश गर्न सकिए रोजगारी समस्या केहीहद सम्म हल गर्न सकिने उहाँको भनाई छ । राज्यको पढ्दै कमाउँदै नीतिाई औद्योगिक एवं व्यवसायिक क्षेत्रमा कार्यन्वयन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोडदिनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस