Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

भारतले नेपाललाई दिने अनुदान रकममा १ अर्ब  भारतीय रुपैयाँ बढायो


नया सडक

२०८०, माघ १८ बिहीबार

  • 918
    Shares

  • भारतले नेपाललाई दिने अनुदान रकममा १ अर्ब  भारतीय रुपैयाँ बढायो

    काठमाडौँ  । भारतले नेपाललाई दिने अनुदान रकममा १ अर्ब  भारतीय रुपैयाँ बढाएको छ । बिहीबार भारतीय संसद्‍मा अर्थमन्त्री निर्मला सीतारमणले पेस गरेको अन्तरिम बजेटमा नेपाललाई दिइने अनुदान बढाइएको  हो ।

    यसअघि गत वर्ष फेब्रुअरी १ मा प्रस्तुत २०२३/२०२४ को बजेटमा नेपाललाई  ५ अर्ब ५० करोड उल्लेख थियो ।तदनुसार  ८ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने उल्लेख थियो । बिहीबार प्रस्तुत बजेटमा उक्त रकमलाई परिमार्जन गर्दै  ६ अर्ब ५० करोड  भारु तदनुसार  १० अर्ब ४३ करोड नेपाली रुपैयाँ उल्लेख छ  ।

    दक्षिण एसियाली मुलुकहरूमा भारतले सबैभन्दा बढी मालदिभ्सलाई अनुदान सहयोग गर्ने भएको छ । भारतले मालदिभ्सलाई ७ अर्ब ७० करोड भारु अनुदान दिने भएको छ । यसअघि प्रस्तुत गरिएको बजेटमा भने मालदिभ्सलाई ४ अर्ब करोड भारु अनुदान दिने उल्लेख थियो । 

    त्यस्तै भुटानलाई दिने अनुदान रकम घटाएर भारतले ऋण भने बढाएको छ । यसअघि १ हजार ६ सय ३२ करोड अनुदान र ७ सय ६८ करोड ऋण दिने उल्लेख भएकोमा बिहीबार उक्त रकमलाई परिमार्जन गर्दै अनुदान ७ सय ८४ करोड र ऋण १ हजार ६ सय १४ करोड दिने उल्लेख गरिएको छ ।

    भारतले श्रीलंकालाई दिने अनुदान रकम भने घटाएको छ । यसअघि १५० करोड भारु अनुदान दिने अनुमान पेस गरिए पनि बिहीबार पेस बजेटमा उक्त रकम घटाउँदै ६० करोडमा झारिएको छ । त्यस्तै अफगानिस्तानलाई दिने अनुदान र ऋणमा २०/२० करोड बढाएर २२०/२२० करोड भारु पुर्‍याइएको छ । त्यस्तै अर्को छिमेकी मुलुक बंगलादेशलाई दिने अनुदान रकममा पनि भारतले ७० करोड कटौती गरेको छ । बंगलादेशलाई भारतले १३० करोड भारु अनुदान दिने बजेटमा उल्लेख छ ।

    अर्थमन्त्री सीतारमणले २०२४ को लोकसभा चुनावअघि संसद्‍मा अन्तरिम बजेट पेस गरेकी हुन् । 

    प्रतिक्रिया दिनुहोस