Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८०


नया सडक

२०८०, माघ १८ बिहीबार

  • 1.1k
    Shares

  • नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८०

     काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लिले संयुक्तरूपमा विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरू र यस क्षेत्रका नवीनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउने उद्देश्यले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको नवौं संस्करण यही माघ १८ गते देखि २१ गते सम्म काठमाण्डौको भृकृटीमण्डप मा आयोजना हुन गइरहेकोे छ ।

    उक्त आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका १सय५० भन्दा बढी स्टल रहने छन् । निर्माण सम्बन्धी उद्योगहरु, कम्पनीहरु, डिलर तथा सह डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसँग  सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यसक्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी विगत ८ वर्षदेखि एकपछि अर्कोगरी कोसेढुङ्गा  बन्दै आएको दाबी आयोजकहरूले गर्दै आएका छन् ।


    यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका प्रतिष्ठित आर्किटेक्ट, इन्जिििनयर्स , कन्ट्रयाक्टर्स, बिल्डर्स, इन्टििरियर डिजाइनरहरू, घर बनाउन चाहने व्यक्तिहरूको सहभागिता रहने आयोजकले विश्वास व्यक्त गरेका छन् ।साथै यस प्रदर्शनीको टाइटल स्पोन्सर कजारिया टाइल्स र सहप्रायोजक भोल्गा तथा जिन्दल स्टिल रहेका छन् । साथै सहयोगी संस्थाहरूमा सोसाइटी अफ नेपलिज आर्किटेक्टस् , इन्टिरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल र कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री रहेका छन् । प्रदर्शनमा निशुल्क प्रवेशको व्यवस्था छ ।
     

     

    प्रतिक्रिया दिनुहोस