Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका डिम्याट खाता होल्डरले कालिन्चोक दर्शनको केबुलकार चढ्दा १० प्रतिशत छुट पाउने


नया सडक

२०८०, माघ १९ शुक्रबार

  • 633
    Shares

  • नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका डिम्याट खाता होल्डरले कालिन्चोक दर्शनको केबुलकार चढ्दा १० प्रतिशत छुट पाउने

    काठमाडौं ।  नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड र कालिन्चोक दर्शनबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा माघ १८ गते हस्ताक्षर भएको छ । सहमतिपत्रमा कालिन्चोक दर्शन लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल एसबीआइ मेर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिन्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले हस्ताक्षर गरेका थिए ।उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबीआइ मर्चेन्ट बैंकमा डिम्याट खाता खोली सञ्चालन गर्दै आएका र आगामी दिन  डिम्याट खाता खोल्ने नयाँ ग्राहकहरुलाई कालिन्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको केबुलकार चढ्दा १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको हो ।

    प्रतिक्रिया दिनुहोस