Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

नेपाल राष्ट्र बैंकले ६८ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले ६८ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले ६८ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्न लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ५४ करोड ८० लाख , राष्ट्रियस्तरका विकास बैंकहरुमा १० करोड २७ लाख ५० हजार तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ३ करोड ४२ लाख ५० हजार रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ । 

    राष्ट्र बैंकले आगामी मंसिर १६ गते देखि लागू हुनेगरी २०८२  मंसिर १५ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित मंसिर १०  गते साँझ ७ बजेसम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij