Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

पक्राउ परेका अरुण चौधरीलाई तत्काल रिहा गर्न उद्योग वाणिज्य संघको माग


नया सडक

२०८०, माघ १९ शुक्रबार

  • 873
    Shares

  • पक्राउ परेका अरुण चौधरीलाई तत्काल रिहा गर्न उद्योग वाणिज्य संघको माग

    काठमाडौं ।  बिहीबार बाँसबारी छालाजुत्ता कारखाना जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका सीजी होल्डिङसका अध्यक्ष अरुण चौधरीलाई  नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले रिहा गन माग गरेको छ ।

    संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो ।  सरकारी जग्गा हडपेको बारे अनुसन्धानका क्रममा बुझ्ने बहाना गरी पक्राउ गर्नु अमानवीय क्रियाकलाप बताउँदै संघले चौधरीलाई तत्काल रिहा गर्न माग गरेको हो ।

    संघद्पारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि विषयमा सुक्ष्म अनुसन्धान कै क्रममा सप्रमाण दोषी ठहर नहुँदै थुन्ने अनि मात्र सुन्ने प्रक्रिया प्रति हाम्रो असहमति छ । विगतमा पनि जग्गा कै नाममा उद्यमी व्यवसायीहरुलाई महिनौ थुन्ने काम भएको थियो । जग्गाको विषयमा अनुसन्धान बाट गलत र दोषी देखिए विवादित जग्गा कहीं नजाने र सो हकवालाले कब्जा गरी लिन दिन सकिने विषय हो । यसलाई निहुँ बनाएर व्यक्तिलाई हिरासतमा राख्नु सही कदम हुन सक्दैन ।’bigyapti vanijya sangh.jfif

     संघका अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा रोजगार दिने राजस्व दिने व्यवसायीहरू विरुद्ध यस्तो कदम नदोह¥याउन भन्दै चौधरीको रिहाइको माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस