Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

अरुण चौधरी पक्राउ परेदेखि  दबाब आउन थालेको गृहमन्त्री श्रेष्ठको भनाइ


नया सडक

२०८०, माघ १९ शुक्रबार

  • 990
    Shares

  • अरुण चौधरी पक्राउ परेदेखि  दबाब आउन थालेको गृहमन्त्री  श्रेष्ठको  भनाइ

    काठमाडौं । सांसद तथा उद्योगी विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेदेखि  दबाब आउन थालेको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा सम्मेलनमा शुक्रबार पोखरामा उद्घाटन गर्दै गृहमन्त्री  श्रेष्ठले  विभिन्न नेता तथा व्यवसायीलाई गलत गरेको भरमा पक्राउ गर्दा विभिन्न नेता तथा संघ संस्थाबाट दबाब आउने बताएका हुन् ।

    उद्योगी व्यवसायीहले अरुण चौधरीको रिहाइ माग गरी सार्वजनिक गरेका अभिव्यक्तिको जवाफ फर्काउँदै गृहमन्त्री श्रेष्ठले निजी क्षेत्रको साथ र सहयोगबाट मात्र देशको अर्थतन्त्र सुधार हुने भए पनि अपराध गर्ने छुट कसैलाई नभएको बताए ।

    गल्ती अपराध गर्ने व्यवसायीलाई कारबाही थाल्यो भने वक्तव्यबाजी सुरू हुन्छ, यो देशका कर्मचारीले गल्ती गरेर कारबाही गर्न थाल्यो भने कर्मचारी कराउन थाल्छ,भन्दै मन्त्री श्रेष्ठले भने “ अनि कसरी काम गर्ने ?” 

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार व्यवसायी अरूण चौधरीलाई पक्राउ परेको थियो । उनले सरकारी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो । उनी पक्राउ परेलगत्तै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन र विज्ञप्तिमार्फत् आपत्ति जनाए ।

     कसैको हस्तक्षेपबाट सरकार पछि नहट्ने बताउँदै  उनले सुरक्षाकर्मीलाई पनि कसैको प्रभाव, दबाब र हस्तेक्षपबाट भयभीत नभई अगाडि बढ्न पनि निर्देशन दिए ।

    भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने कार्यमा सुरक्षा तथा राज्यका सबै निकायको अहम् दायित्व रहेको उनको भनाइ छ । कामकारबाहीमा देखिने स्वार्थको द्वन्द्व न्यूनीकरण गर्न ‘नतिजामूलक स्पष्ट कार्य ढाँचा’ तयार गर्नुपर्ने उनले धारणा राखेका छन् ।

    उपप्रधानमन्त्री श्रेष्ठले बैंकसँग ऋण लिएर ऋण तिर्दिन भन्दै अवाञ्छित माग राखी शान्ति सुव्यवस्थामा खलल पु¥याउने, सामाजिक सञ्जालको दुरुपयोग गरी धार्मिक तथा जातीय अतिवाद बढाउने, सहिष्णु समाजको सद्भावमा विग्रह ल्याई निहित स्वार्थ पूरा गर्ने प्रवृत्ति देखा परेको पनि बताएका छन् ।

    वित्तीय अपराधका कारण धेरै ठूलो सङ्ख्यामा नागरिक ठगिएका र कतिपय बेघरबार बनेको बताउँदै उनले सहकारी, अनुचित लेनदेन, सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अवैध वित्तीय कारोबार, वैदेशिक रोजगारीको प्रलोभनमा हुने ठगीलगायत अपराधको नियन्त्रण चुनौती बनेको बताए ।

    प्रतिक्रिया दिनुहोस