Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

आठ वर्ष पछि खुलेको  तातोपानी भन्सार नाका प्रति व्यापारी आकर्षित हुँदै 

आठ वर्ष पछि खुलेको  तातोपानी भन्सार नाका प्रति व्यापारी आकर्षित हुँदै 


  • काठमाडौँ  ।  साढे आठ वर्षअघि भूकम्पले भौतिक रूपमा तहसनहस बनाएको नेपाल–चीन व्यापारको प्रमुख बाटो  तातोपानी नाका विस्तारै पुरानो लयमा फर्किन थालेपछि व्यापारीहरूमा खुसियाली छाएको छ ।

    भन्सार दिवसका अवसरमा शुक्रबार नेपालबाट आठ वर्षयता  पहिलो पटक तातोपानीबाट चीनको बाटो हुँदै नेपाली उत्पादन तेस्रो मुलुक  निर्यात भएबाट व्यापारीहरूको आकर्षण तातोपानी नाकातर्फ बढेको हो ।  

     तातोपानी भन्सार प्रमुख दयानन्द केसीले व्यापारीहरूको आकर्षण बढेको जानकारी सार्वजनिक गरेका हुन् । पछिल्लो तीन महिनायता व्यापारिक कारोबार बढेको छ । त्यो  भूकम्पपछि पहिलो पटक राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको देखिएको  छ ।

    गत आर्थिक वर्षमा तीन अर्ब २७ करोड राजस्व संकलन भएकामा चालु वर्षको ६ महिनामै ५ अर्ब ५८ करोड अर्थात् लक्ष्यको ६६ प्रतिशत संकलन भइसकेको छ । चालु वर्षको राजस्व लक्ष्य भने ८ अर्ब ४२ करोड छ । चीनको स्थल बाटो भएर झन्डै शतप्रतिशत व्यापार हुने नाका ०७२ वैशाखदेखि ०७६ जेठसम्म पूर्ण रूपमा बन्द भएको थियो । यस अवधिमा व्यापारीले चीनबाट गरिने आयात व्यापार रसुवाको केरुङ र समुद्री बाटो भएर भारतसँग जोडिएका तराईका नाका भएर गर्दै आएका थिए ।

    चालु वर्ष सुरु भएसँगै राजस्व दर धेरै भएका व्यापारिक मालवस्सतु  तातोपानी नाका भएर भित्रन थालेको थियो । खासगरी तयारी पोसाक, जुत्ता, चप्पल, व्याग, कस्मेटिक सामान, गार्मेन्टका कच्चा सामग्री, स्टेसनरी सामान, किचनका सामग्री, मोबाइल तथा कम्प्युटर पार्ट्स, मखमल, विद्युत् आयोजनाका मेसिनलगायत व्यापारिक वस्तुको आयात सो अवधिमा बढ्यो । 

    चीनले गत वैशाख १८ बाट निर्यात व्यापारको अनुमति दिएपनि  मान्छेको आउजाउ भने गत भदौ १५ बाट मात्र सुरु भएको थियो  ।समय समयमा अवरोध नहुने हो भने चीनसँगको व्यापारमा तातोपानी नाका समय र लगानीका हिसाबले सबभन्दा उपयुक्त रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले जानकारी सार्वजनिक गरेका छन् ।

    अहिले पनि मितेरी पुलबाट करिब ९ किमि दूरीमा रहेको खासामा नेपाली कन्टेनर जान  दिइएको छैन । चीनको विभिन्न सहरबाट ल्याएको सामान मितेरी पुल नजिकै चिनियाँ भागमा अनलोड गरिन्छ ।
    दैनिक ५०–६० जनालाई एकदिने पास दिने गरिएको छ । 

    ततोपानी नाकाबाट ०७२ अघि तामाका भाडा, हस्तकलाका सामान, मैदा, चाउचाउ, अण्डा, वनस्पति घ्यु, जडिबुटीलगायत वस्तु निर्यात गर्ने गरिन्थ्यो  । त्यति बेला झन्डै १८२ प्रकारका नेपाली वस्तु चीन निर्यात हुने गरेको भन्सारले जनाएको छ । भूकम्पपछि निर्यात खुलेयता  नेपालबाट बाँसको मुडा, कुर्सी म्याट्रेसलगायत करिब ३७ लाख बराबरको वस्तु निर्यात भयो ।

    त्यसपछि गत शुक्रबार भन्सार दिवसको अवसर पारेर तेस्रो मुलुक लैजाने गरी १२ लाख मूल्यको २५ सय कार्टुन चाउचाउ निर्यात भएको छ । यो निर्यातसँगै ०७२ सालमा चीनसँग गरेको पारवहन तथा यातायात सम्झौता आठ वर्षपछि कार्यान्वयनमा आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij