Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र व्यापक लोकतान्त्रिक गणतन्त्र :प्रधानमन्त्री प्रचण्ड


नया सडक

२०८०, माघ २१ आइतबार

  • 522
    Shares

  • लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र व्यापक लोकतान्त्रिक गणतन्त्र :प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि केही मान्छेले हिलो छ्याप्ने काम गरिरहेको भएपनि  त्यसबाट डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

    दुधौली नगरपालिका–५ सिर्थौलीमा  दुधौली नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    लोकतन्त्र र गणतन्त्रका विरोधीले भ्रम छर्ने काम गरेकाले सजग हुन आह्वान।गर्दै  गर्दै प्रधानमन्त्री प्रचण्डले   लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र व्यापक लोकतान्त्रिक गणतन्त्र भएको बताए  ।

    सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सरकारले दर्बिलो ढंगले काम गरेकाले जनताको उन्नति र समृद्धि नचाहनेहरुले व्यवस्थाबिरुद्ध फैलाएको भ्रम र अफवाहको पछि नलाग्न उनले भने ।  

    अर्थतन्त्र सुदृढ हुँदै गएको भन्दै प्रधानमन्त्रीले विदेशी मुद्रा संचिति, पर्यटक अवागमन वृद्धि र बढ्दो रेमिट्यान्स यसको साक्षी भएको बताए । तर उनले रेमिट्यान्स ३० प्रतिशत बढेकोमा आफू खुसी नभएको प्रधानमन्त्रीले बताए । उनले आफू सरकारमा आएपछि राहदानी, लाइसेन्स बनाउने लाइन हटाएको, मल बीऊको सहज उपलब्धताले धान उत्पादन बढेको दाबी गरे ।

    संघीय सरकारको १८ करोड लागतमा निर्माण भएको दुधौली नगर अस्पताल भवनमा आफु काठमाडौं फर्कने बितिक्कै चिकित्सक र उपकरणको व्यवस्था गर्ने प्रधानमन्त्री दाहालले विश्वास दिलाए ।  उपचारको अभावमा दुधौलीमा सर्पदंशबाट बर्सेनि कैयौं स्थानीयको मृत्यु हुने गरेकोमा अब आइसीयू, भेन्टिलेटर, औषधि तथा दक्ष चिकित्सको व्यवस्था गरिने प्रधानमन्त्रीले बताए । 

    कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्थानीय सरकारले नदीजन्य पदार्थ बिक्री भएर हुने आम्दानी अब प्रदेशलाई नदिनुपर्ने बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु श्याम घिमिरे र लेखनाथ दाहालले कमला नदी नियन्त्रणको लागि बजेट व्यवस्था गर्नं प्रधानमन्त्री समक्ष माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस