Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

अरुण चौधरीसहित ३ जनालाई २ दिन भन्दा बढी हिरासतमा नराख्न अदालतको आदेश


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 1.1k
    Shares

  • अरुण चौधरीसहित ३ जनालाई २ दिन भन्दा बढी हिरासतमा नराख्न अदालतको आदेश

    काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई अब २ दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ । अदालतले २ दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
    पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यस अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने तथा त्यसो नभएमा म्याद थप भएको २ दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराई हाजिर जमानीमा छाड्न आदेश दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस