Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ २३ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 786
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् माघ २३ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २३ मंगलबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    शेयर बजार : ९.४४ अंकले बढेर नेप्से २०८५.७१  विन्दुमा ,  २ अर्ब ५९ करोडको कारोबार

    काठमाडौं । आज नेप्से ९.४४ अंकले बढेर २०८५.७१  विन्दुमा आएको छ । आज २ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।यस दिन ३ सय १५ कम्पनीको ७६ लाख २४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३३ करोड ७६ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः माउन्टेन इनर्जी र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।

    स्वाबलम्बन लघुवित्तको  खुद नाफा घट्यो 

    काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेपछि इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य घट्न पुगेको हो।

    नेसनल लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । नेसनल लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुल १५% लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७.५% बोनस सेयर र ७.५% नगद गरी कुल १५% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र नेसनलको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

    आज कामना सेवा विकास बैंकको ५ लाख ९ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । कामना सेवा विकास बैंकको ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (माघ २३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । आवेदकले प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

    आज घलेम्दी हाइड्रोपावरको ३२ लाख १७ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं ।  घलेम्दी हाइड्रोपावरको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामी भर्ने आज (माघ २३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले माघ माघ ९ गतेदेखि सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

    प्रि ओपन सेसन :नेप्से सूचक २.४४ विन्दुले घट्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.४४ विन्दुले घटेको छ । यससँगै सूचक २०७३.८३ अंकमा आएको छ । १५ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको ३१ सय २३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४३ वटा कारोबार भएको हो ।

    मिथिला लघुवित्तको खुद नाफा ३८.७३ प्रतिशतले घट्यो

    काठमाडौं । मिथिला लघुवित्तको खुद नाफा ३८.७३ प्रतिशतले घटेर १ करोड ३३ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको र खराब कर्जा बढेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २.५६ प्रतिशतले घटेर ५ करोड ५७ लाख ७८ हजार रुपैयाँमा आएको छ ।

    रिलायबल नेपाल लाइफ इन्सुरेन्सको  खुद नाफा २३ करोड ९ लाख

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । 
    लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सामान्य सुधार आएको हो ।

    कम्पनीले लगानी तथा कर्जाबाट ६३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । खुद बिमा शुल्क आर्जन १.७४ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ ।प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ १७ पैसाले घटेर ११ रुपैयाँ ५५ पैसामा आएको छ । यसको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा छ ।

    नेसनल लाइफ इन्सुरेन्सको खुद नाफा १६.९१ प्रतिशतले बढ्यो

    काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो  त्रैमाससम्म २५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १६.९१ प्रतिशतले धेरै हो ।लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीले लगानी तथा कर्जाबाट २ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ ।लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीले लगानी तथा कर्जाबाट २ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ ।हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

    नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न ४०अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४०अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । मंगलबार माघ २३ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने केन्द्रीय बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ४० अर्ब रुपैयाँ तान्न लागेको हो ।इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ८ गतेलाई निर्धारण भएको छ ।

    नेपाल वायुसेवा निगमद्वारा दुई वटा न्यारोबडी जहाज भाडामा लिनका अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

    काठमाडौँ । नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोवडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ ।

    “निगमको कार्ययोजना अनुरुप हाल निगमसँग रहेका दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र दक्षिण कोरिया उडानमा प्रयोग भएका छन् । अन्य गन्तव्यको उडान चाप मौजुदा जहाजले धान्न नसक्ने भएकाले जहाज भाडामा लिन लागिएको हो । यसबाट दिल्ली, दुबई, दोहा, मलेसियालगायतका गन्तव्यको उडान चाप व्यवस्थापन गर्न सकिन्छ”, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    सिउरी न्यादी पावर र एनएमबि क्यापिटलबीच शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता

    काठमाडौं ।  सिउरी न्यादी पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आज कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ ।

    अधिकृत तथा जारी पूँजी ६ अर्ब १९ करोड ६० लाख ७८ हजार ४०० रूपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४०० रूपैयाँ रकम बराबरको प्रति अंकित मूल्य १०० रूपैयाँका दरका ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, बैदेशिक रोजगारीमा गएका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने कम्पनीले जनाएको छ ।

    एमडीएमएसको खरिद अनियमितता छानबिनका लागि दूरसञ्चार प्राधिकरण पूर्व अध्यक्षहरूलाई बोलाउने तयारी  

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नेपाल दूरसञ्चार प्राधिकरणद्वारा खरिद गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को अनियमिततामाथि छानबिनका लागि पूर्व अध्यक्षहरूलाई बोलाउने तयारी गरिरहेको छ  ।

    मन्त्रालयका सहसचिव गौरव गिरी नेतृत्वको चार सदस्यीय छानबिन समितिले एमडीएमएस खरिद प्रक्रियाको प्रस्थानविन्दुबाटै अनियमितता सुरु भएको भेटिएको निष्कर्ष निकालेकोले  पूर्वअध्यक्ष दिगम्बर झा र निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाललाई बोलाउने अख्तियारले योजना बनाएको  ।

    हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति , विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो

    काठमाडौँ। चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।

    गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो ।

    अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयक समितिबाट पारित 

    काठमाडौँ ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित सर्वसम्मतले पारित भएको छ । 

    समितिको आजको २२औँ बैठकमा सभापति रामहरि खतिवडाले राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयक परिमार्जनसहित समितिले सर्वसम्मतिले पारित भएको बताउनुभयो । 

    विधेयक पारित भइसकेपछि विकास नीति तथा योजना कार्यान्वयनका क्रममा आयोजना प्रमुख, ठेकेदार कम्पनी, सरकार, मन्त्री, कार्यालय प्रमुखलगायत सबै जिम्मेवार व्यक्ति र निकायमा अनुगमन गरी अनियमितता गर्नेलाई सही मार्गमा डो¥याउन सहजता गराउने बताउनुभयो । 

    कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन

    काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । 

     

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उहाँले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताउनुभएको थियो । 

     

    चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसद्मा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँदै अध्यक्ष दाहालले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरुलाई आग्रह गर्नुभएको माओवादी केन्द्रका सचेतक रुपा सोशी चौधरीले जानकारी दिनुभयो । 

     

     

     

     

     

     

     

     

     

     

     

     

     
     

     

     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस