काठमाडौं । आज नेप्से ५.७४ अंकले बढेर २०९६.३८ विन्दुमा आएको छ । आज ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ४ वटा समूहका सूचक घटेका छन् भने बाँकी समूह सकारात्मक रहेका छन् । यस दिन ३१७ कम्पनीको ९१ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ८७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः चन्द्रागिरी हिल्स र अपि पावर परेका छन् ।