Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

एन आई सी एशिया बैंकले कर्जा जोखिम भारको दरलाई तोडमोड गरेको  भन्ने भ्रामक समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण  


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 810
    Shares

  • एन आई सी एशिया बैंकले कर्जा जोखिम भारको दरलाई तोडमोड गरेको  भन्ने भ्रामक समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण  
    फाइल फोटो

    काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यास  गरिरहेको यस एन आई सी एशिया बैंकका बारेमा केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरू प्रति यस बैंककोगम्भीर ध्यानाकर्षण भएको छ । 
    हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड  गरेको र रियल स्टेट क्षेत्रमा बैंकलेनियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको  लगायतका विषयहरूमा प्रकाशित भ्रामक समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।

     
    नेपाल राष्ट्रबैंकद्वारा जारी एकिकृत निर्देशनको Capital Adequacy Framework 2015 मा उल्लेखित Risk
    Weight Classification  सम्बन्धी व्यवस्थाहरू मध्ये Claims Secured by Residential Properties भित्र  कस्ता कस्ता कर्जाहरू पर्ने भन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्य बैंकहरूले अपनाएका अभ्यास  समेतलाई मध्यनजर गर्दै बैंकले यस सम्बन्धमा आफ्नो बुझाई अनुरुप वर्गीकरण गरी सोही बमोजिम नेपाल  राष्ट्र बैंक समक्ष Reporting गरेकोमा यस सम्बन्धमा केही सञ्चार माध्यमहरूमा विभिन्न विषयहरू उठे  पश्चात्बैंकले नेपाल राष्ट्र बैंक समक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनको लागि अनुरोध गरे  बमोजिम नेपाल राष्ट्रबैंकबाट प्राप्त मार्गदर्शनको आधारमाClaims Secured by Residential Properties सम्बन्धमा बैंकको बुझाईलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई च्भउयचतष्लन गरिसकिएको  व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं । 
    यस विषय वाहेक बैंकले Real Estate Sectorमा नेपाल राष्ट्रबैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी  गरेको भन्ने समाचार सत्य, तथ्यमा आधारित नरहेको प्रस्ट पार्दैReal Estate Sector मा बैंकले आफ्नोे कुल  कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेमा यस बैंकले २०८० पौष मसान्तसम्ममा १०.१४ प्रतिशत  मात्र कर्जा प्रवाह गरेकोव्यहोरा समेत सम्बन्धित सबैलाई प्रस्ट पार्दछौं ।

    प्रतिक्रिया दिनुहोस