Logo

May 15 2024 | २०८१, जेठ २गते

images

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 606
    Shares

  • हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा

    काठमाडौं ।  मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।

    images

    देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण गर्न हेटौंडा सबस्टेसनमा ४००/२२० केभी, २२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माण भइरहेका  छन् । एक महिनाभित्र निर्माण सक्ने गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यसाथ सबस्टेसनका उपकरण जडान, परीक्षणलगायत अन्तिम चरणका काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    सबस्टेसन मार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाह अतिरिक्त स्थानीय रूपमा आपूर्ति समेत गरिने जनाइएको छ । निर्माण अनुगमनमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पछिल्लो समय सबस्टेसनको काम सन्तोषजनक देखिएको बताए ।

    प्रतिक्रिया दिनुहोस