Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

सीता र राम जन्मस्थलीको दूरी छोट्टयाउन जनकपुरधाम र नेपालगञ्जबीचको सिधा हवाई यात्रा यही सातादेखि सुरु

सीता र राम जन्मस्थलीको दूरी छोट्टयाउन जनकपुरधाम र नेपालगञ्जबीचको सिधा हवाई यात्रा यही सातादेखि सुरु

  • काठमाडौ । हिन्दू धर्मावलम्बीका अराध्य सीता र रामको जन्मस्थलीको दूरी छोट्टयाउने गरी जनकपुरधाम र नेपालगञ्जबीचको सिधा हवाई यात्रा छिट्टै सुरु हुन लागेको छ ।

    सीताको जन्मस्थली नेपालको जनकपुरधाम र रामको जन्मस्थली भारतको अयोध्याबीचको दूरी छोट्टयाउन  जनकपुरधाम र नेपालगञ्जबीचको हवाई यात्रा सुरु यहीँ सातादेखि सुरु  हुन लागिएको हो ।

    गत जनवरी २२का दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा निर्माणााधीन राममन्दिरको गर्भगृहमा रामको प्रतिमाको प्राणप्रतिष्ठा गरेयता जनकपुरधाम र नेपालगञ्जबीचको हवाई याात्रा सुरु गर्नुपर्ने जनदबाब बढेको थियो ।

    नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिबार र सोमबार चार्टर उडान हुने जानकारी दिए ।

    यसले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै भारतको अयोध्यासँग नेपालगञ्जको बागेश्वरी मन्दिर र जनकपुर मन्दिरलाई जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

    अध्यक्ष सिग्देलले यति एअरलाइन्सबाट सुरु हुने हवाई उडानका लागि अहिले एकतर्फी रुपमा रु आठ हजार पाँच सय भाडा कायम भएको जानकारी दिँदै उडान अवधिको समय १ः३० निर्धारण गरिएको बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij