
काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक जितेन्द्र बहादुर राईमाथि छानबिन थालेको हो ।
यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ । विभागले माघ ८ गते २० वटा बैंकलाई लामिछाने र राईको विवरण मागेको छ ।
पत्रमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरु र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ । राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन् । नेपाल प्रहरीले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij