काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्रीहरुलाई सफाइ दिएको छ । विशेष अदाललतले बिहीबार तत्कालीन मन्त्रीहरु विजयकुमार गच्छदार र डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको फैसला गरेको हो ।
विशेष अदालतले ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त तथा तत्कालिन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई दोषी ठहर गरेको छ ।