Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

रौतहटको ईशनाथ नगरपालिकामा हिन्दू मुसलमानबीच तनाव, अनिश्चितकालीन कर्फ्यू जारी


नया सडक

२०८०, फागुन ५ शनिबार

  • 1.1k
    Shares

  • रौतहटको ईशनाथ नगरपालिकामा हिन्दू मुसलमानबीच तनाव, अनिश्चितकालीन कर्फ्यू जारी

    काठमाडौं ।  मधेश प्रदेश रौतहट जिल्लाको  ईशनाथ नगरपालिकामा सरस्वतीको प्रतिमा सेलाउन जाने बाटो अवरुद्ध गरेको २४ घण्टापछि कर्फ्यू  जारी गरिएको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन गएको बेला शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार बेलुका दुई पक्षबीच झडप भएको हो । 

    शुक्रबार सो बाटोमा विवाद भएदेखि नै एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा नेपाल प्रहरीसँगै ठुलो संख्यामा  सशस्त्र प्रहरी परिचालन गरिएको थियो। शनिबार बेलुका भएको दोहरो झडपमा मानिसलाई चोटपटक लागेपछि स्थानीय प्रशासनले कर्फ्फू आदेश जारी गरेको हो ।

    जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बेलुका ५ बजेदेखि लागु हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको जानकारी सार्वजनिक गरेकी छिन् ।cdo rautahat1.jpg

    घिउरा गाउँका स्थानीयबासिन्दाहरूले सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएका थिए । शुक्रबार  सोही गाउँ छेउको पोखरीमा जाने क्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेका थिए। ट्याक्टरमा डिजे बाजा बजाएको कारण बाटो अवरुद्ध गरेको मुस्लिम पक्षको भनाइ  छ।

    बाटो अवरुद्ध भएपनि शुक्रबार दिउँसो दुई बजेदेखि मूर्ति सेलाउन जाने हिन्दु समुदायका मानिसहरू बाटोमै मूर्ति राखेर धर्नामा बसेका थिए । सीडीओ  हिरालाल रेग्मीको रोहबरमा दुवै पक्षलाई राखेर सरस्वतीको मूर्ति सेलाउन एउटा बाटोबाट लैजान र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भएको थियो । सो सहमति विपरीत केही युवाहरूले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको प्रवक्ता गिरीको भनाइ छ ।

    शनिबार अवस्था तनावग्रस्त बनेपछि  मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञबिनोद पोखरेल र सशस्त्र प्रहरीको मधेस प्रदेश प्रमुख डीआईजी दीपेन्द्र श्रेष्ठसमेत घटनास्थल पुगे ।  शनिबार भएको झडपमा दुवै पक्षका मानिसहरू घाइते भएको तर संख्या यकिन हुन नसकेको  छ ।

    प्रतिक्रिया दिनुहोस