Logo

May 15 2024 | २०८१, जेठ २गते

images

बाह्रबिसे जीप दुर्घटनामा परी दुईको घटनास्थलमा मृत्यु अन्य चार घाइते


नया सडक

२०८०, फागुन ९ बुधबार

  • 594
    Shares

  • बाह्रबिसे जीप दुर्घटनामा परी दुईको घटनास्थलमा मृत्यु अन्य चार घाइते

    काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ७ स्थित कलङ्चे अँधेरी खोलामा बोलेरो जिप पल्टिँदा त्यसमा सवार दुई स्थानीयको घटनास्थलमै मृत्यु  भएको छ। दुर्घटनामा अन्य चारजना घाइते भएका छन्। 

    images

    मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका– ७ कोल्दोङका दिलकुमारी प्रधान र लालमाया प्रधान छन्। उनीहरू सासू–बुहारी हुन्। गाउँबाट बाह्रबिसे बजार आउँदै गरेको बा. १२ च ४९९१ नम्बरको बोलेरो सडकबाट खोलामा खसेको प्रहरीले जनाएको हो। 

    दुर्घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक देवेन्द्रराज जोशी र स्थानीय युवा विकेश लामाले घाइतेको उद्धार गरेर बाह्रबिसे  अस्पताल पु¥याए । घटनास्थलमा प्रहरी र स्थानीय जम्मा भएर मृतकलाई खोलाबाट झिकेका छन्।

    प्रतिक्रिया दिनुहोस