Logo

May 15 2024 | २०८१, जेठ २गते

images

थापाथली प्रसुति गृह अस्पतालबाट बच्चा चोरी, प्रहरीद्वारा बच्चा चोरको खोजी


नया सडक

२०८०, फागुन ११ शुक्रबार

  • 852
    Shares

  • थापाथली प्रसुति गृह अस्पतालबाट बच्चा चोरी, प्रहरीद्वारा बच्चा चोरको खोजी

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ ।

    images

    थापाथली प्रसुति गृहको रूपमा विशेषरूपमा परिचित यो अस्पतालबाट शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएकी हुन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी सार्वजनिक गरे अनुसार यो विषयमा अनुसन्धान भइरहेको छ ।

    काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी भएको हो ।

    अस्पतालमा एक जना महिलाले केहीबेर बोकिदिने भनेर बच्चा काँखमा लिएको र त्यसपछि बेपत्ता भएको जनाइएको छ ।

    शुक्रबार दिउँसो १२ बजेतिर भएको सो घटनाको खबर प्रहरीलाई करिब १ बजेतिर गरिएको थियो । प्रहरीले अहिले ती महिलाको खोजी गरिरहेको छ

    प्रतिक्रिया दिनुहोस